logo
  • शुक्रबार, असोज ९ २०८३

स्काई लोक आइडलको उपाधि पार्वती आचार्यलाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी साउन २५ ।

गुल्मीमा विहानी स्काई लोक आइडल सम्पन्न भएको छ । स्काई लोक आइडल बिगत केहि समय देखि निरन्तर रुपमा सञ्चालन हुदै आएको थियो ।हरेक एपिसोड हरु पार गर्दै टप 10 मा परि 10 जना प्रतिस्पर्धीहरू प्रतिस्पर्धामा उत्रिएका थिए जस अनुसार प्रथम हुन सफल हुन पार्वती आचार्य अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका दोस्रो हुन सफल विनु खत्री गुल्मी जिल्ला तम्घास, तेस्रो हुन सफल रोजी चुदारा रेसुङ्गा नगरपालिका तम्घास र सान्त्वना सुदन पाण्डे प्युठान जिल्लाका हुनु भएका छ । प्रथम हुनेले भिडियो अडियो रेकर्ड, र नगद पाच हजार दोस्रो हुनेले अडियो रेकर्ड, नगद तिन हजार तेस्रो हुनेले नगद पाच हजा र सान्त्वना हुनेलाई नगद तिन हजार सहित सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको हो ।

उक्त कार्यक्रम रेडियो स्काई का स्टेशन म्यानेजर प्रकाश घिमिरेको अध्यक्षता भने कार्यक्रम सञ्चालन प्रतिक्षा सुनारले गर्नु भएको थियो, प्रमुख अतिथि रेडियो स्काईका सञ्चालक समिति अध्यक्ष शालिकराम पन्थी, अतिथि गायक प्रेम राना मगर, अमित नेपाली, गायक तथा संचारकर्मी अनिल खत्री, जुनु मगर, गायिका राधा वि.सी लगायतको मुख्य भूमिका रहेको थियो । सोही कार्यक्रममा बोल्दै गर्दा प्रमुख अतिथि पन्थीले  विजेता हुने सम्पूर्णलाई बधाई दिदै उच्च सफलता संगै भविष्यमा चम्किलो ताराको रुपमा स्थापित भई नेपाली गित संगितलाई सिरमा राखी एउटा असल गायक गायिका बन्नेको सुन्न पाऊ भन्दै शुभकामना समेत दिनु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य विष्णु राउतले दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend