साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार साउन २५।
कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने सरकारको निर्णय बमोजिम गए राती कतारबाट हिमालयन एयरलाईन्सले २६ औ सहजिकरण उडान गरेको छ । उक्त उडान मार्फत ५ महिला सहित १५५ जना स्वदेश फर्किएको जानकारी नेपाली राजदूतावासका दित्तिय सचिव रिचा भट्टराईले जानकारी दिएकी छन् ।

कोरोनाका कारण कतिपय कम्पनी बन्द जस्तै छन् भने कति कम्पनिका मालिकै फरार छन् । कतारमा अन्तराष्ट्रिय उडान पूर्व कतार छाडेका कम्पनिका मालिकहरू “जे सक्छस् गरेर जा” भनेर उम्किरहेको अवस्था छ । नवलपरासीका वारिस अलि देवान यही मारमा परेका हुन । ३ सालदेखी कतारमा कार्यरत उनी विगत ७ महिना देखि बेरोजगार जस्तै बने । त्यस्तै महोत्तरीका चन्द्र शेखर यादव पनि अलि जस्तै बेरोजगार बने ।

कम्पनिको मालिकले सेलरीमै शोषण गरेपछि टिकट पाउने कुरा आकासको फलसरी भएको उनले बताए । एकदशक देखी कतारलाई कर्मथलो बनाएका सुनसरीका सागर विश्वकर्मा कम्पनीमा रिजाईन गरेर दुई सालसम्म कम्पनीबाट आफूले पाउनु पर्ने सेवा सुविधाको लागि कम्पनी विरुद अदालतमा मुद्दा लड्दा समेत न्याय नपाएपछि थकित मुद्रामा आफ्नै खर्चमा कतारलाई बिदा गर्दै श्रमिकलाई कानुनले माया गरे पनि मालिकले शोषण गर्ने गरेको बताए ।
श्रमिकका समस्याको चाङ यतिमा मात्र सकिदैनन । सप्तरीका इन्द्र कुमार राम सहित ४ जना २ साल देखी कार्यरत रहेको कम्पनीमा पछिल्लो ६ महिना बेरोजगार भएर बसे । कम्पनिले टिकट दिन नमाने पछि दुतावास तथा प्रहरी प्रसासन समेत पुगे तर न्याय पाएनन् । कम्पनिले द्दयद चरित्र देखाउदॉ न्याय नपाएको उनीहरूको ठम्याई छ ।
हुने हार दैव नटार भएपछि ऋण खोजेर टिकटको जोहो गरी स्वदेशको यात्रा तय गरे । नेपालगन्जका अर्जुन केसी सहित १२ जना नेपाली कार्यरत कम्पनिले कसैलाई टिकट सम्म दिएन । अप्रिल १६ बाट बेरोजगार बनेका उनीहरूको पिडा पनि कम दर्दनाक थिएन ।उनीहरूले न्यायको पहलको याचना समेत गरे ।
माथिका दुखका पहाड प्रतिनिधि पात्र हुन । कतारबाट हुने हरेक उडानमा यस्तै प्रकृतिका समस्यासङ जुधेर पनी हारेर कतार छाड्ने नेपालीहरू ब्रगेल्ति भेटिन्छन् । पिडा सँग हारेका नेपालीहरूलाई झन् पिडा दिने काम चार्टर उडानका नाममा एयरलाईन्सहरुले गरेका छन् ।
चर्को भाडादर र लकेजमा गरेको कटौतीका कारण यात्रुहरू नेपाल तथा हिमालयन एयरलाइन्स सँग रुष्ट बनेका छन् । समान मूल्यमा नेपाल एयरलाईन्सले २५ किलो लकेजको सुविधा दिई रहँदा हिमालले त्यो भन्दा ५ किलो कम लकेज अनुमति दिएर शोषण गरिरहेको प्रति ललितपुर चापागॉउ भट्टे डॉडाकी सन्जु जिम्बा रुष्ट बनिन ।
उनी जस्तै म्याग्दीका याम तथा गोकुल बिक रुष्ट बने । म्याग्दीकै दल बिक कतार बसाईलाई टुङ्गाउँदा स्वतः सामान धेरै हुने तर महँगो भाडदारमा लकेज कटौती गरी मजदुर शोषण गरेको बताए । कतारबाट हालसम्म कुल ४ हजार ७ सय ४९ तथा विभिन्न समयमा विभिन्न कारणले मृत्युवरण गरेका ४६ जना नेपालीको शव नेपाल गई सकेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend