logo
  • सोमबार, असोज १२ २०८३

एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटना, १६ जनाको निधन, १२३ बढी घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

एजेन्सी ।
एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार रहेका थिए जसमा १ सय ७४ जना यात्रु (१० बच्चा) समेत रहेका थिए । इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ ।

त्यस्तै भारतीय उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार घाइते यात्रुको उद्धार कार्य जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend