logo
  • शनिबार, साउन ३० २०८३

सनराईज बैंकको शाखारहित बैकिङ्ग सेवा मालिकाको फुलवारीमा शुभारम्भ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मधुसुधन पाण्डे, गुल्मी साउन २३ ।
सनराईज बैंक लिमिटेडको शाखा रहित बैकिङ्ग सेवा मालिका गाउँपालिका वडा न ६ को फुलबारी बजारमा शुभारम्भ गरिएको छ । देशैभरि १३६ शाखा कार्यलय स्थापना गरेको सनराईज बैंकले आफ्नो ४९औं शाखारहित बैकिङ्ग सेवाको रुपमा शाखा रहित बैकिङ्ग सेवा शुभारम्भ गरेको शाखा प्रवन्धक दिनेश पन्थीले जानकारी दिनुभयो ।

शाखा रहित बैकिङ सेवाको मालिका गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रितबहादुर थापा र सनराईज बैंक ५ नम्बर प्रदेश प्रमुख सुनिल मण्डलले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।  उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष थापाले शाखारहित बैकिङ्ग सेवा भएपनि शाखा कार्यलयले दिने सम्पूर्ण सेवा सुविधा दिनुपर्ने र गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण क्रियाकलापमा सनराईज बैकको शाखारहित बैकिङ्ग सेवालाई पुर्णरुपमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष शोभाखर गिरिले शाखारहित बैकिङ सेवालाई आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभएको थियो । सनराईज बैकका ५ नम्बर प्रदेशका प्रमुख सुनिल मण्डलले शाखारहित बैकिङ्ग सेवाबाट दिने सम्पूर्ण सेवाहरु लिन मालिका बासीलाई आग्रह गर्नुभएको थियोे । साथै शाखारहित बैकिङ्ग सेवामा कुनै समस्याहरु आएमा सम्बन्धित प्रतिनिधिलाई निर्धक्क साथ भन्न र यदि प्रतिनिधिले नसकेको अवस्थामा शाखामा सम्पर्क गर्नुहुन आग्रह गर्नुभयो ।

कार्यक्रममा सनराईज बैकका प्रदेश ५ का प्रमूख सुनिल मण्डलको अध्यक्षता तथा ऋषिराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी राजिनितिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो । मालिका गाउपालिका ६ फुलबारीमा शाखारहित बैकिङ्ग सेवाको कार्यलय रहनेछ भने त्यस शाखारहित बैकिङ्ग सेवाको प्रतिनिधिका रुपमा रिमा गिरिले कार्यसम्पादन गर्नुहुने छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend