logo
  • शनिबार, साउन ३० २०८३

असफल प्रेमीको शुभकामना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

✍️रमेश पोखरेल रेसुङ्गा नगरपालिका ६ गुल्मी

तिमी !
सधैंको प्रीय भनौं तिमिलाइ
या त भनौं
घृणा कहिल्यै गर्न नसकेको,
सम्बोधन खै के भनेर गरौं ?

अलमलमै छु अझै
सायद रहन्छु यत्तिकै
मलाई बिर्स भनेर
तिमी आफै बिर्सिएर गएकोपनि

युग भैसकेछ
तर म भने सधैं
यही सोंचेर सम्झीरहन्छु
कि अब देखि कहिल्यै सम्झने छैन

मेरो त के छ र ?
जिन्दगी नाम गरेको जिनिस चलिरहनेछ यत्तिकै
एक फोक्सो हावाको आवातजावत रहेसम्म
रोकिएछ यदी भने पनि

ढुक्क रहनु आइपुग्ने छैनन् कुनै गुनासाहरु तिमी सामु
अपार प्रेमको बदलामा तिमिले दिएका घृणा रुपि सौगातहरु
खेर जाने छैनन् मेरो आगामी जीवनको लागि,
फेरि जोडिन आउने सम्बन्धहरु बीच,

हरेक गन्तव्यहरुमा
एक असल मार्गदर्शक बनेर अघि लाग्ने छन् ,
छुट्ने छैनन् ती अतीतहरु कुनै मोडमा ,
सँगै रहिरहन्छन् यादहरु अनन्तकालसम्म जीवनपर्यन्त

तिमी लाग्नु आफ्नो बाटो निरन्तर एक अटुट गन्तव्य बोकेर
नगर्नु प्रयास फेरि पछाडी फर्कने
बिझाउन सक्छन् ती पैतालाहरुमा
तिमी आफैले टुक्राएको यो दिलको अवशेषहरु…।

                                        ✍️रमेश पोखरेल
                                रेसुङ्गा नगरपालिका ६ गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend