logo
  • सोमबार, असोज १२ २०८३

शिखर इन्स्योरेन्स गुल्मी‌द्वारा कोरोना बीमाको दाबी भूक्तानी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी साउन २१ ।

गुल्मीमा कोरोना बीमा गरेका एक जनालाई दाबी भुक्तानी गरिएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा कोरोना बीमा गर्ने संक्रमितले दाबी गरेका छन् ।जिल्ला सदरमुकाम तम्घासको शिखर इन्स्युरेन्स कम्पनी गुल्मी शाखामा गुल्मीदरबार गाउँपालिकाका एक जना कर्मचारीलाई दाबी भुक्तानी गरिएको हो । कोरोना बिमा गरेका ति कर्मचारीले एक लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । कोरोना बिमा दाबी भूक्तानी रकम शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाका प्रमुख रिखबहादुर खत्रीले गाउँपालिका अध्यक्ष अशोक थापालाई हस्तातरण गरेका थिए । पीसीआर परीक्षणका क्रममा उनको संक्रमण पोजेटिभ देखिएसँगै मागदाबी परेको थियो ।

गुल्मीदरवार गाउँपालिकाले ०७७ साल जेठ २२ गते प्रति व्यक्ति रू.एक लाख बरावरको संस्थागत सामुहिक कोरोना रोग बीमा शिखर इन्स्योरेन्स कम्पनी लि.,गुल्मी शाखाबाट गरिएको थियो । कार्यक्रममा बोल्दै शाखा प्रमुख रिख वहादुर खत्रीले बीमा भनेको आर्थिक सुरक्षाको महत्वपूर्ण अंग भएकोले सम्पूर्ण नागरिक बीमाको दायरा भित्र आउनुपर्ने देखिएको बताए ।चेक हस्तान्तरण गुल्मीदरवार गाउँपालिका अध्यक्ष अशोक कुमार थापा,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे लगाएतको उपस्थितीका हस्तातरण गरिएको थियो । गाउँपालिकामा कार्यरत कर्मचारी केहि दिन पहिला कोरोना संक्रमण भएर निको भइसेका छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend