logo
  • शुक्रबार, असोज ९ २०८३

अनुदानमा आफुखुसी भएको भन्दै वडाअध्यक्षलाई ज्ञापन-पत्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

मधुसुधन पाण्डे, अर्घाखाँची साउन २० ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वडा न ६ मा आफुखुसि रुपमा अनुदान वितरण भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा छत्रदेव गाउपालिका वडा न ६ वडा कमिटीले वडा अध्यक्ष कमल पौडेललाई ज्ञापन-पत्र बुझाईएको छ ।

वडा अध्यक्षलाई सम्बोधन गरि दिईएको ज्ञापनपत्रमा नोभेल कोराना भाईरस कोभिड १९ का कारण रोजगार गुमाएका तथा विदेशबाट फर्किएका नागरिकलाई अनुदान दिन भनी प्रदेशस्तरबाट छुट्टिएको बजेटमा नेपाली कांग्रेसका कार्यकर्तालाई राख्ने गरेको, जनप्रतिनिधिको नातागोतालाई समावेश गरेको, सरकारी जागिरेहरुलाई समावेश गरेको लगायत गरीबसंग उज्यालो कार्यक्रममा आस्थाको आधारमा बिभेद गरेको, क्वारेन्टाइन व्यवस्थापनको खर्च पारदर्शी रुपमा नगरेको, मोटरबाटोहरुका लागि छुट्टिने बजेटको प्रारदर्शिता नभएको उपभोक्ता समिति गठन गर्दा आफू अनुकुलका मान्छेलाई नियुक्त गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा जनप्रतिनिधिका नातागोता तथा रोजगारीमा भएकाको श्रीमतीलाई उपलब्ध गराएको लगायत हरेक क्षेत्रमा विभेद गरेको भन्दै ज्ञापनपत्र बुझाईएको हो ।

आफुले राखेका मागहरु तत्काल सुधार नगरेमा त्यसको प्रतिफल नराम्रोसग भोग्ने पनि चेतावनी दिएको छ । ज्ञापन-पत्र बुझाउन नेकपा छत्रदेव गाउपालिका वडा न ६ अध्यक्ष गुणानिधि बञ्जाडेको नेतृत्वमा वडा कमिटीको टोली वडा कार्यलय पुगेको थियो । ज्ञापन-पत्र बुझाउदै नेकपा छत्रदेव गाउपालिका वडा न ६ का सचिव टंकनाथ पन्थीले आफुखुसि भएका निर्णयहरु तत्काल खारेज गरि आस्थाको आधारमा भन्दा पनि वास्तविक कृषकलाई अनुदान उपलब्ध गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend