logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा कोरोनाका कारण १८ नेपालीले ज्यान गुमाए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार साउन २०।
वैदेशिक रोजगारीमा नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको मध्यपुर्वको राष्ट्र कतारमा कोरोनाबाट १८ जना नेपालीले ज्यान गुमाएको कतारका लागी नेपाली राजदुताबासका दित्तिय सचिव भुवन प्रसाद भट्टले जानकारी दिएका छन । भट्टका अनुसार मृत्यु हुने १० जनामा कोरोना नै प्रमुख कारण रहेको र ८ जनाको अन्य कारणले मृत्यु भएपनि परिक्षणका क्रममा कोरोना भाईरस पुष्टि भएको बताए ।

कोरोनाका कारण मृत्यु भएका नागरीकको शव नेपाल पठाउन नमिल्ने भएको हुँदा १६ जनाको कतारमै अन्त्यष्टी गरी सकिएको छ भने २ जनाको अन्त्यष्टीको लागि पहल भईरहेको भट्टले बताएका छन । कतारको शवगृहमा कोरोना बाहेक अन्य विविध कारणले मृत्यु भएका १२ जना नेपालीको शव नेपाल पठाउन भने बॉकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend