logo
  • सोमबार, असोज १२ २०८३

दिवंगतको सम्झनामा गुल्मीमा पनि मनाइयो गाईजात्रा पर्व


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी साउन २० ।

गुल्मी जिल्लामा पनि गाईजात्रा पर्व मनाइएको छ । यो पर्व नेवार संस्कृतिबाट प्रारम्भ भएकाले खासगरी काठमाडौँ उपत्यका र देशका विभिन्न ठाउँमा नेवार समुदायमा बसोबास गर्नेहरुले यो राष्ट्रिय पर्वको रुपमा मनाउदै आएका छन् ।गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारेर बजार परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती छ । नेवार समुदायको बसोबास रहेका देशका विभिन्न शहरमा गाईजात्रा मनाइन्छ । तर यसपाली कोरोना सङ्क्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ ।नेवार समुदायमा वर्ष दिन भित्र दिवंगत पितृहरुको सम्मान तथा मुक्तिका लागि गाईजात्र मनाइने गरिएको नेवार समाज गुल्मीका सदस्य ओम प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष पहिलाको वर्ष भन्दा केही फरक तरिकाले मनाइएको श्रेष्ठले बताउनुभयो । कोरोना भाइरसको कारणले गर्दा मानिसको धैरे भिड नहुने गरी सरकारको नियमलाई पालना गरी हामीले आफनो पर्व मनाइएको सदस्य श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend