logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज ओमानद्वारा अशक्त जिसीपरिवारलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, गुल्मी साउन १९ ।
लामो समयसम्म प्यारालाइसीस रोगको समस्याले थला परेका गुल्मी इस्मा गाउपालिका २ छल्दी टारा निबासी कडा बहादुर जिसिको परिवारलाई गुल्मी सेवा समाज ओमानले आर्थिक सहयोग गरेको छ । जिसी परिवारलाई सस्थाले १० हजार रुपैयाँ सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर रहेका जिसीघरमा भएको आर्थिक र केही जुटाएर गरेको उपचार सफल हुन सकेन अन्नतत उहाँको निधन भयो । घरमा भएको र जुटाएको आर्थिक उपचारका क्रममा सकिएको र परम्परागत गर्नुपर्ने काजकिरियाको लागि समेत आर्थिक समस्या रहेको जिसी परिवारलाई सस्थाले सहयोग गरेको हो ।

समाजका सह-सचीव पदम बहादुर खत्रीको पहलमा सस्थाका कार्यसमितिका पदाधिकारी लगायतको सहयोगमा उक्त सहयोग रकम जुटेको सुर्य पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend