logo
  • आइतबार, भाद्र २१ २०८३

गुल्मी सेवा समाज कतारद्वारा हस्तिचौरका पहिरो पीडितलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

कुमार अविरल पन्थी, कतार ।
अविरल वर्षाका कारण गत असार १८ गते आएको पहिरोले गुल्मीको इस्मा गाउँपालिका १ हस्तिचौर स्थित मल्दिमा धनजनको ठुलो क्षति भएसँगै उक्त पहिरोबाट पीडित बनेकाहरुलाई गुल्मी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । सस्थाले पिडितलाई राहत स्वरुप (५१,११५) एकाउन्न हजार एकसय पन्ध्र रुपैयाँ प्रदान गरेको हो ।

आइतवार सस्थाका सल्लाहकार नारायण केसी अर्याल, सचिवालय सदस्य अच्युत पौड्याल, आजिवन सदस्य थानेश्वर पोख्रेल र सदस्य भास्कर पौड्याल तथा नेपाल रेडक्रस सोसाइटी हस्तिचौर उपशाखा सभापति शेरबहादुर कुँवर, बिपद ब्यवस्थापन समिति संयोजाक मिनबहादुर कुँवर, इस्मा गाउँपालिका वार्ड नम्बर १ का अध्यक्ष चुरा बहादुर खत्रीको विशेष उपस्थितिमा एक कार्यक्रमका बिच उक्त राहत रकम हस्तान्तरण गरीएको हो ।

उक्त राहत मध्य चेत बहादुर सारु जसको १८ महिनाकी नातिनी र टीका बहादुर खत्री जसको ८ वर्षका छोराको मृत्यु भएकोमा उहाँहरुलाई प्रती व्यक्ती ८ हजारका दरले रकम उपलब्ध गराउने साथै घरगोठ र पशु चौपायाको क्षति भएका गोकर्ण सुर्यवंशी, रामबहादुर केसी, देव कुँवर, गुन्ज बहादुर घर्ती, मिना घर्ती, चेत बहादुर घर्ती, जानुका रेश्मी र शिव बहादुर सुनारलाई प्रती व्यक्ति ४ हजारका दरले प्रदान गरिएको हो ।

त्यस्तै घरमा क्षति पुगेका अपांग ब्यक्ती सोम बहादुर मुखियालाई तिन हजार एकसय पन्ध्र रुपैयाँ प्रदान गरिएको छ । स्मरण रहोस समाजले प्रवास तथा जिल्लामा विभिन्न समयमा भइपरी आउने समस्यामा आर्थिक सहयोग उपलब्ध गराउदै आइरहेको छ भने समाजका हरेक अभियानमा साथ तथा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend