logo
  • सोमबार, असोज १२ २०८३

रगतको अभाव हुन नदिन नियमित रक्तदाता संघसँग सैनामैना नगरपालिकाले सहकार्य गर्ने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

यमलाल भुसाल, बुटवल साउन १७ ।
रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य गरि अगाडी बढने भएको छ । नियमित रक्तदाता संघसंगले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा वोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले रगतको अभाव हुन नदिनका लागि नगरपालिकाले अभियान चलाउर्ने र आर्थिक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

मानिसको पुनरजिवनका लागि रक्तदान महत्वपुर्ण कार्य भएकाले नगरपालिका संघसंग हातेमालो गरेर अगाडी बढन तयार रहेको मेयर कार्कीले बताउनु भयो । उहाँले नगरपालिका क्षेत्र भित्रका असहाय, जेष्ठ नागरिक र असक्तलाई रगत चढाउन परेमा रक्तसंचार केन्द्रले लिने सेवा शुल्क नगरपालिकाले व्यर्होने गरि कार्ययोजना बनाएर नगरपालिका अगाडी बढने समेत बताउनु भयो ।

नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुनः संचालनमा आएसंगै गतमहिना देखि हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो । संस्था पुनर जिवित भएपछि आयोजित नियमित रक्तदानको दोस्रो महिनाको रक्तदान कार्यक्रममा शनिवार ८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिपक अधिकारीले बताउनु भयोे ।

संस्थाका संह संयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको र रगतको अभाव भएमा आकषमिक रुपमा रक्तदान गराएर अभावलाई समाधान गर्ने गरि कार्य योजना बनाएको बताउनु भयो ।रक्तदान कार्यक्रममा रक्त संचार सेवाकेन्द्रका निरन्जन राज भण्डारीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गर्नु भएको सचिव महेश खनाल बताउनु भयोे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend