logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

महेश बोहोरा,गुल्मी साउन १७ ।

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ आँटीपाटामा शुक्रबार राती गएको पहिरोमा एकैघरका चार जना पुरिएका हुन ।घर माथिबाट ढुंगासहित बगेर आएको पहिरोले राजु माझीको घर बगाएको हो । पहिरोमा पुरिएर उनकी श्रीमती ३० बर्षिया विना बोटे माझी, २ छोरा १० बर्षीय सागर बोटे माझी, ७ बर्षका छोरा हेमन्त बोटे माझी र १० महिनाकी छोरी बिनिता बोटे माझीको मृत्यु भएको हो । राजु माझी रोजगारीको शिलशिलामा भारतमा रहेका छन । डोजरले बाटो खन्दा घरमाथि राखेको ठुलो ढुंङ्गा सहित पहिरो खस्दा घर पुरिएको र मृतक ४ जनाकै शव पहिरोबाट निकाली सकिएको प्रहरी नायक उपरिक्षक केदारराज पन्तले जानकारी दिए ।

घटनास्थल गुल्मीको सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend