logo
  • सोमबार, असोज १२ २०८३

प्यूठान नगरपालिका वडा न. ९ काे बार्षिक समिक्षा कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

रमेश गिरि,प्यूठान साउन १५ ।

प्युठान नगरपालिका वडा न ९ काे अार्थिक वर्ष ०७६/०७७ काे बार्षिक समिक्षा कार्यक्रम आज सम्पन्न भएकाे छ । प्युठान नगरपालिका वडा न ९ काे वडा कार्यालयमा भएकाे समीक्षा कार्यक्रममा वडा सचिव धुर्व बहादुर जिसीले अार्थिक वर्ष ०७६/७७ काे लागि वडामा संघीय ,प्रदेश र स्थानीय सरकारबाट कुल ३ कराेड ६९ लाख २६ हजार ७ सय रूपैया विनियोजन गरेकाेमा ३ कराेड ३८ लाख ८६ हजार ७ सय रूपैया खर्च गरिएकाे कुरा सार्वजनिक गर्नु भएकाे छ । समीक्षा कार्यक्रममा वडा सचिव जिसीले निम्नअनुसार बजेट रिपोर्टिङ गर्नु भएकाे थियाे । सडक तर्फ २५ लाख २० हजार ५ सय रूपैयाकाे लागतमा २ हजार ६ सय २० मिटर नयाँ ट्रयाक खाेलीएकाे छ ।१ लाख ४६ हजारकाे २ वटा फलामे पुल ,३ लाखकाे लागतमा धगे र ठुलासिममा सुविधा सम्पन्न बाख्राकाे खाेर निर्माण गरिएकाे छ । २ लाखकाे लागतमा २ वटा शिव मन्दिर , १ लाखकाे लागतमा सरायनाच व्यवस्थापन ,१ लाख ५० हजारकाे लागतमा बालबालिका तथा सुत्केरी र गर्भवती महिलालाई पाेषण सामग्री वितरण गरिएकाे छ । प्रहरी साझेदारी कार्यक्रममा ३० हजार, याेग व्यवस्थापनमा २० हजार, ७० हजारकाे लागतमा २ वटा प्लास्टिक पाेखरी निर्माण , २० लाख काे लागतमा वडा कार्यालयकाे भवनमा तला थप गरिएकाे छ । त्यस्तै गरि सामाजिक सुरक्षा भत्ता तर्फ ९५ लाख ४४ हजार ८ सय रूपैया खर्च गरिएकाे छ । समानिकरण तर्फ ४ लाख ७ ० हजार खर्च भएकाे छ । प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगत ५२ जनाले २३ दिन राेगरजगारी दिईएकाे पाएका छन । स्वराेजगार कार्यक्रममा ७ लाख ८९ हजारकाे लागतमा १ हजार ६० मिटर सडक निर्माण गरिएकाे छ । जनता अावास कार्यक्रम अन्तरगत ५० घरपरिवारलाई कर्कटपाता वितरण गरिएकाे छ । प्युठान नगरपालिकाकाे पुँजीगत जम्मा १ कराेड ३ लाख ,प्रदेश सरकारकाे अनुदान १ कराेड २४ लाख , प्रधानमन्त्री राेजगार कार्यक्रम ,प्रधानमन्त्री कृषि कार्यक्रम , राष्ट्रपति महिला उत्थान कार्यक्रम , सिचाइ कार्यालय दाङ बाट प्राप्त अनुदान गरि जम्मा ३ कराेड ६९ लाख २६ हजार ७ सय रूपैया बराबरकाे अाम्दानी खर्चकाे विवरण वडा सचिवले सार्वजनिक गर्नु भएकाे थियाे ।प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले समीक्षा कार्यक्रमकाे उदघाटन कार्यक्रममा बाेल्दै नगरपालिका क्षेत्रभित्रका नगरवासीलाई शिक्षा , स्वास्थ्य , खानेपानी, यातायात , विद्युत लगायतका विकासका पुर्वाधार पूरा गराउने काममा लागि परेकाे धारणा राख्नु भयाे । नगरपालिकाले सामुदायिक विद्यालयमा निशुल्क शिक्षाकाे व्यवस्था गरेकाे छ । ६० वर्ष माथीका जेष्ठ नागरिकलाई अाँखा उपचार फ्रि गराईएकाे , पर्यटकीय स्थलहरूकाे संरक्षणमा अाबश्यक रकम खर्चिएकाे र काेराना संक्रमणकाे समयमा नगरपालिकाका जनप्रतिनिधिहरू नगरवासीहरूलाई राहात उपलब्ध गराउने काम देखि उद्दार गर्ने काममा अहाेरात्र खटेकाे कुरा पनि समिक्षा कार्यक्रममा राख्नु भएकाे थियाे । उक्त कार्यक्रमका विशेष अतिथि टंक बहादुर खड्काले सकारात्मक साेचका साथ सबैकाे प्रयासबाट विकाश हुने हुदाँ धेरै महत्त्वकाक्षी नहुन अाग्रह गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवी लगायतका मानुभावकाे उपस्थिति थियाे भने कार्यक्रमकाे अध्यक्षता वडा अध्यक्ष नेहरसिंह केसीले गर्नु भएकाे थियाे भने संचालन वडा सचिव ध्रुव बहादुर जिसीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend