साझा नेटवर्क
साझा नेटवर्क,प्यूठान साउन १५ ।
होटल ब्यबसायी संघ प्युठानले घरभाडा छुट दिएका मनकारी घरबेटीहरुलाई सम्मान गरेको छ ।
कोरोना भाईरस संक्रमणसँगै जारी लकडाउनका कारण व्यपार व्यवसाय ठप्प भएपछि मारमा परेका व्यवसायीहरुसँग निश्चित अवधीका लागि घरभाडा विशेष छुट दिने घरबेटीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको संघले बताएको हो । नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) का नेता एवम पुर्ब शिक्षक टंक बहादुर खड्काले रु एक लाख १५ हजार,प्युठान नगरपालिका ४ बस्ने समाजसेवि किरण कुंवरले एक लाख १० हजार,स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानका पुर्ब प्रमुख मोहन गिरीले रु ९० हजार घरभाडा छुट दिएका थिए । त्यस्तै, जुम्रीका श्रीप्रसाद श्रेष्ठले रु ५० हजार, तारा भण्डारीले रु ५५ हजार, लगायत अन्य दर्जनौं घरधनीहरुले आफ्नो घरमा ब्यबसाय गर्दै आएका ब्यबसायीलाई घरभाडा छुट दिएका थिए । संघले उनिहरुलाई संयुक्त रुपमा सम्मान गरेको हो ।
कोभिड–१९ को प्रभावसँगै व्यवसाय ठप्प भएका बेला घरभाडा लिनु उचित नभएको भन्दै कसैको आग्रह अनुरोध भन्दा पनि स्वईच्छाले घरभाडा मिनाह गरेको घरवेटीहरुले बताएका छन् । होटल ब्यबसायी संघका केन्द्रीय सचिब चद्रलाल न्यौपानेले घरधनीलाई सम्मान गर्दै धन्यवाद दिए । घरधनिको सहयोग सम्मानयोग्य रहेको भन्दै ब्यबसायीहरुलाई आफ्नो ठाँउबाट हुन सक्ने सहयोग गर्न आफु तयार रहेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend