logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी प्रशासनको छड्के, सदरमुकामकै अड्डामा कर्मचारीको बेथिती


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल
गुल्मी, १५ साउन

सदरमुकामकै सरकारी कार्यालयका कर्मचारी अटेरी देखिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले साउन १३ र १४ गते कार्यालयहरुको अनुगमन गरेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीको नेतृत्वमा २१ कार्यालयको अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा पोेशाक नलगाएका कर्मचारी ३४ जना भेटिएका छन् । कर्मचारीले कार्यालयमा आएर हाजिरी नगर्ने र परिचय पत्र नलगाउने समस्या नयाँ होइन् । पोशाक नलगाउने २२ जना र अधिकांशले परिचय पत्र नलगाउने गरेको पाइएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।


त्यस्तै काजमा रहेका ३०, बिदामा १७, कार्यालय समयमा उपस्थित नभएका र विदा स्विकृत नगराई बिदा बसेका दुई÷दुई कर्मचारी भेटिएको पन्थीले बताए । बेरुजु पर्छौट नगरेका तीन र उजुरी पेटिका नभएका कार्यालय दुई रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले आफुसहित अन्य कार्यालयहरुमा सुशासन सेवाप्रवाहलाई भरपर्दो बनाउने अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । शर्माले राष्ट्रसेवक कर्मचारीहरुहरु आफैमा अनुशासित र मर्यादित हुनुपर्ने भएकाले सुरुमा सचेत मात्रै बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend