logo
  • सोमबार, असोज १२ २०८३

मनिषको बर्थ डे बृद्धाश्रममा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी साउन १४ ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाका लेखा अधिकृत तथा धुर्कोट गाउँपालिका ६ निवासी मनिष पाण्डेयले आफ्नो बर्थ डे रुद्रवेणी बृद्धाश्रममा मनाएका छन् । बर्थ डे कै लागि पार्टी गरेर फजुल खर्च गर्ने प्रवृतिलाई निरुत्साहित गर्न बृद्धाश्रममा पुगेर सहयोग गरेको पाण्डेयले बताए ।

उनले बृद्धाश्रममा पुगेर चामल दुई कट्टा, पाँच लिटर तेल, दाल पाँच किलो, नुन पाँच किलो, सात दर्जन केरा र एक किलो बेसार लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । ‘मैले गरेको सानो सहयोग हो, स–सानो सहयोगले पनि ठुलै काम हुन्छ,‘उनले भने,‘आश्रमका बृद्धबृद्धाहरुको आर्शिवादमै खुसी छु ।

पाण्डेयसंगै आश्रम पुगेका रुरु क्षेत्र गाउँपालिकाका आर्युवेद शाखा प्रमुख नन्द बहादुर गेलाङ्ग, प्रशासन शाखा अधिकृत निर्मल पोख्रेल, इन्जिनियर मिलन श्रेष्ट लगायतको टोलीले आश्रमका ३० जना जेष्ठ नागरिकलाई आयुर्वेदिक औषधी वितरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend