logo
  • शुक्रबार, असोज ९ २०८३

शर्मिला गुरुङ्गको स्वरमा रहेको तीजगीत “दमीनी” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल साउन १३ ।
नेपाली नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक र गायिका र सर्जक हरुलाइ निकै ब्यस्त देखिन्छन् । तीज आउनै लाग्दा कलाकार हरुले आफ्नो तिज कोशेली दर्शक श्रोता माझ पस्किसकेका छन् । यसै क्रममा समाजिक विकृतिको रुपमा रहदै आएको जातीय छुवाछुत विरुद्धको आवाज एक प्रेम कथामा आधारित तीज गीत “दमिनी” सार्वजनिक भएको छ ।

अविरल फिल्मसको युटूव च्यानल देखि केहि समय अघि मात्र गित सार्वजनिक भएको छ । हेमराज नेपाली र शर्मिला गुरुङको स्वर, बिष्णु भट्टाराईको निर्देशन, असीम कंडेल क्षेत्री, आकृति तिमिल्सिना, पवित्रा सोमै मगर, तिलक पाण्डे, रीता पाण्डे, बिष्णु भट्टाराई र अजय पाण्डेको अभिनय रहेको छ ।

विशेष गरी सरकारले जातीय विभेद विरुद्धका विभिन्न ऐन नियम निर्माण गरेता पनि समाजमा अझै व्याप्त रहेको जातीय विभेदलाई गितमा यथार्थ चित्रण गरिएको छ ।

खासगरी समाजमा भनिने तल्लो जातको माथिल्लो जातको युवा युवतीबिच रहेको गहिरो प्रेम काहानीलाई समाजले अस्वीकार गरी गाउँ नै निकाला गरि उनीहरु आफ्नो प्रेमलाई सफल बनाउँन धेरै टाढा जाने समाजको यथार्थतालाई भिडियोमा देखाईएको छ ।

आखीर जुन जातको भएपनि जात भन्दा ठुलो विचार र प्रेम हो भन्ने सन्देश उक्त भिडियोबाट एक प्रेम जोडिले दर्साएको छ । भिडियो हेरेर आवश्यक प्रतिक्रिया दिन उक्त भिडियो टिमले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend