साझा नेटवर्क
मधुसुधन पाण्डे, अर्घाखाँची साउन १२।
अर्घाखाँची जिल्ला छत्रदेव गाउपालिकामा एकलौटी रुपमा कार्य सम्पादन भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा छत्रदेवले गाउपालिका प्रमुख लेखनाथ पोख्रेललाई ज्ञापन-पत्र बुझाएको छ ।

गाउपालिका अध्यक्ष लेखनाथ पोखरेललाई सम्बोधन गरी बुझाइएको उक्त ज्ञापन-पत्रमा गाउपालिकाले गरेका बिकास निर्माणका योजनाहरूमा एकलौटीरूपमा नेपाली कांग्रेसका कार्यकर्तालाई राख्ने गरेको, गरीबसंग उज्यालो कार्यक्रममा आस्थाको आधारमा बिभेद गरेको, कोभिड १९ राहात कार्यक्रममा वास्तविक किसानलाई नभई आफ्ना कार्यकर्तालाई राहात उपलब्ध गराउने निर्णय गरेको, क्वारेन्टाइन व्यवस्थापनको खर्च पारदर्शी रुपमा नगरेको, उपभोक्ता समिति गठन गर्दा आफू अनुकुलका मान्छेलाई नियुक्त गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा जनप्रतिनिधिका नातागोता तथा रोजगारीमा भएकाको श्रीमतीलाई उपलब्ध गराएको लगायत हरेक क्षेत्रमा विभेद गरेको भन्दै ज्ञापनपत्र बुझाईएको हो ।

आफुले राखेका मागहरु तत्काल सुधार नगरेमा त्यसको प्रतिफल नराम्रोसग भोग्ने पनि चेतावनी दिएको छ । ज्ञापनपत्र बुझाउन नेकपा छत्रदेव गाउपालिका अध्यक्ष रामलाल पाराजूलिको नेतृत्वमा ज़िल्ला कमिटी सदस्यहरू प्रकाश ज्ञवाली भाविष्वर पाण्डे, धुर्ब कुमार पाण्डे, भोज ब रायमाझी, रामजी प्रसाद पाण्डे, नबराज रायमाझी र गाउपालिका कार्यालय सदस्य भोजराज पाण्डे लगायत आठै वार्डका वार्ड कमिटी अध्यक्ष तथा सचिवको उपस्थिति थियो ।
ज्ञापन-पत्र बुझाउदै गाउपालिका कार्यलय सदस्य भोजराज पाण्डेले मिडियामा छत्रदेवको जति चर्चा परिचर्चा गरेपनि वास्तविक रुपमा त्यस्तो नभएको उनले बताए । नेपाली काङ्ग्रेस ७ न वडा कमिटिले हिजो वडा कार्यलयमा लगाएको ताला तर्फ ईंकित गर्दै उनले गाउँपालिका अध्यक्षको निर्देशनमा नै ताला लगाएको आरोप लगाए उनले अब छत्रदेवको नेत्तृत्व र नेपाली काङ्ग्रेससग नेकपा जुनसुकै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने पनि बताए ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend