logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा माक्स नलगाई हिड्ने १५७ जना कारवाहीमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी साउन १२ ।
गुल्मीमा माक्स नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले जरिमाना गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र ट्राफिक प्रहरीले जिल्ला सदरमुकाम तम्घासमा बजार क्षेत्रमा माक्स नलगाई हिड्ने १५७ जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केरारराज पन्तले जानकारी दिए ।

सोमबार तम्घास बजार क्षेत्रमा माक्स नलगाइ हिड्नेहरुबाट गरिएको कारवाहीमा १५ हजार ७ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले जानकारी दिए । प्रहरीले सार्बजनिक स्थानमा माक्स नलगाइ हिड्नेहरुलाई कारवाही स्वरुप १ सय जरिमाना गर्नुका साथै माक्स समेत बितरण गरिएको थियो ।

माक्स नलगाउनेसँगै बजार क्षेत्रमा सवारी नियम उलंघन गर्ने १४ वटा सवारी साधानहरु कारवाहीमा परेको प्रहरी निरिक्षक पुनले जानकारी दिए । सवारी कारवाहीमा १० हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि दिन पहिलेदेखि सूचना जारी गर्दै सार्बजनिक स्थानमा हिडडुल गर्दा अनिवार्य माक्स लगाउन आग्रह गरेको थियो ।

यदि कसैले माक्स नलगाई हिडेको फेला परे रु १ सय जरिमाना गर्ने समेत जनाएको थियो । विश्वव्यापी रुपमा फैलि रहेको कोभिड–१९ को संक्रमणबाट जोगिन सार्बजनिक स्थानमा हिडदा अनिवार्य माक्स लगाउन डक्टरहरुले आग्रह गर्दै आएका छन् । तर पछिल्ले केहि दिन यता लक डाउन हटेपछि मानिसहरु माक्स लगाउन छोडीसकेका छन् ।

लकडाउन हटेपछि कोरोना भाइरसको संक्रमण जोमिख कायमै रहेकाले अनिवार्य माक्स लगाएर भौतिक दुरी कायम गरेर सार्बजनिक स्थानमा हडिडुल गनुपर्ने भन्दै चेकजाँचलाई बढाएको छ । कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले घरबाहिर निस्किदा अनिवार्य माक्स लगाउनु भन्दै कढाइ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend