साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १२ ।
अविरल वर्षाका कारण ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ को कालिगण्डकी करीडोर सडक अन्र्तगत खोपा भन्ने स्थानमा ठूला चट्टान सहितका ढुंगा खसेकाले सडक अबरुद्ध भएको थियो ।

पहिरो हटाउन स्काभेटहरु प्रयोग गरिए पनि पानी पर्ने क्रम चलिरहेकाले ३ दिनपछि सोमबार साँझबाट मात्रै सडक सुचारु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सडक अबरुद्ध भएपछि बिभिन्न गनतव्यमा हिडेका सवारी साधान र यात्रुहरु अलपत्र परेका थिए ।

अविरल वर्षका कारण वर्षाले गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिम र अबरुद्ध बनेका छन् । ग्रामीण भेगका कच्ची सड्क वर्षातको पानीले बगाउँदा सड्कमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सड्क जोखिम बनाएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend