logo
  • शुक्रबार, असोज ९ २०८३

सुभाष ज्ञवाली र निरु आचार्यको मौलिक तीज गीतले छोटो समयमै चर्चा बटुल्दै।


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

यतिबेला विभिन्न किसिमका तीज गीतहरु बजारमा आएका छन्।तीज पर्वको पनि छुट्टै महत्त्व रहेकोे छ।तीज गीतको विकास हाम्रो गाउँ ठाउँबाट भएको पाइन्छ। त्यसैले तीज गीतहरु पनि हाम्रै गाउँ ठाउँ अनुसारको हुनु पर्दछ।अहिले तीज गीत भनेर बजारमा आएका कतिपय गीतहरुले तीजको झल्को दिन सक्दैनन्।तर पनि निरु आचार्य र अभिनव चौहान गाएको तीज गीतमा पुरै मौलिकता पाउन सकिन्छ ।

 

सुभाष ज्ञवाली र निरु आचार्यले बजारमा लिएको तीज गीतमा अभिनव चौहान र निरु आचार्यको आवाज रहेकोे छ भने शब्द आफै अभिनवले सिर्जना गरेका हुन्।त्यसैगरी निरु आचार्यको परिकल्पनामा तयार भएको उक्त गीतमा कृष्ण लामिछानेले संगीत र एरेन्ज गरेका छन।अभिनव, सलिना र प्रीजमले अभिनय गरेको गीतमा सुमन सागर जङ्ग केसिले निर्देशन गरेका हुन् ।

गोकुल अधिकारीको छायांकन , सुरेश राउतले सम्पादन गरेको गीत मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएर सम्झना लामिछाने मगरको आधिकारिक युटुब च्यानलमा यति आमाले किन्दिएको पछ्यौरी मौलिक तीज गीत बजारमा छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend