साझा नेटवर्क
तिलक मगर, बागलुङ, साउन ११।
ग्रामिण क्षेत्रका गर्भवती महिलालाई प्रसुतीमा सहजता होस भन्ने उद्देश्यले बडीगाड गाउँपालिका २ खर्वाङ स्थित दगातुङडाँडा स्वास्थ्य चौकीमा प्रसुती प्रतिक्षा कक्ष स्थापना गरिएको छ । ग्रामिण स्वस्थ्य सुधार परियोजना फेयरमेड र विवाइसी बागलुङको सहयोगमा प्रसुती प्रतिक्षा घर स्थापना गरिएको फेयर मेड फाउन्डेशनका प्रमुख गणेश वरुवालले बताउनुभयो ।
उक्त कक्षमा प्रसुती हुनुभन्दा केहि पहिले देखिनै गर्भवती महिला उक्त कक्षमा बस्न सक्नेछन । जसको लागि ५३ हजार ९ सय ४० रुपैया बराबरको लागतमा सुत्केरी र कुरुवाको लागि ४ वेडको विस्तारासंगै खाना पकाउने व्यवस्था गरिएको छ । ग्रामिण क्षेत्रमा स्थापना गरिएको यस किसिमको पूसुती कक्षका कारण स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बस्नुपर्ने र आराम गर्नमा सहज हुने बताउदै गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजाले नेपाल सरकारले लिएको अभियान आफनो पालिकाको एक स्वास्थ्य केन्द्रमा समयमै सुचारु भएकोमा खुसि समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं।२ का अध्यक्ष ढालप्रसाद शेरचनको अध्यक्षता, गाउँपालिका अध्यक्ष पाइजाको प्रमुख आतिथ्यता, फेयरमेड फाउन्डेशनका प्रमुख वरुवाल लगाएतको आतिथ्यता रहेका कार्यक्रम खर्वाङ प्रसुती केन्द्रका अहेब रविन्द्र सिँहको स्वागत, दगातुङ डाँडा स्वास्थ्य चौकीका प्रमुख हेम पुनको सञ्चालमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend