logo
  • सोमबार, असोज १२ २०८३

अपांग परिवारको घर बनाएको ऋण तिर्न मन्त्री बरालले दिए ५० हजार


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी साउन ९ ।

एक अपांग परिवारको घर बनाएको ऋण तिर्न ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ५० हजार सहयोग गरेका छन् । गुल्मी क्षेत्र नम्बर २ ञकझ का प्रदेश सासंद समेत रहेका मन्त्री बरालले गुल्मीको रेसुङ्गा नगरपालिका ७ निवासी सीता पन्थीको घर बनाएको ऋण तिर्न व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गरेका हुन् ।सीताका दुवै खुट्टा चल्दैनन् । गत बर्ष बुटिकको तालिम लिएपनि त्यसलाई सदुपयोग गर्न पाइनन् । उनकी आमाले आखाँ देख्दिनन् । अत्याधिक गरिबीका कारण सीता र उनकी आमा सामान्य झुपडीमा बस्दै आएका थिए । गत बर्ष आशा अपांग केन्द्र, गुल्मीको पहलमा विभिन्न क्षेत्रको सहयोगमा रेसुङ्गा नगरपालिका ७ मा उनीहरूको पक्की घर बन्यो । तर संकलन गरेको रकमले पुगेन । त्यहि ऋण तिर्नको लागि मन्त्री बरालले खातामा रकम जम्मा गरिदिएको मन्त्रीका स्वकीय सचिव यदु ज्ञवालीले जानकारी दिए । यो सँगै घर बनाएको ऋण केही मात्रै बाँकी छ । आशा अपांग केन्द्रकी म्यानेजर गंगा रायमाझीका अनुसार गत बर्ष विभिन्न व्यक्ति तथा संघ संस्थाबाट एक हजारदेखि ५० हजारसम्म संकलन गरिएको थियो । जसमा पन्थी समाज गुल्मीले ५० हजार, आशा अपांग केन्द्रले ३० हजार, चौतारी फाइनान्सबाट ५० हजार, निर्माण व्यवसायी संघबाट २० हजार लगायतबाट सहयोग प्राप्त भएको थियो । घर बनाउनको लागि विरभन्द्र जंग गुल्मीबाट श्रम सहयोग, प्रशासन कार्यालयबाट १२ थान जाली, रेसुङ्गा नगरपालिकाबाट २८ पाता टिन तथा पुतलीबजार स्थित नवीन श्रेष्ठबाट ७ बोटा सिमेन्ट सहयोग भएको थियो ।

जसमध्ये फलाममा एक लाख ५० हजार, ढुङ्गामा ८० हजार, झ्याल ढोकामा ३४ हजार ७००, गिटी बालुवा र जयराम हाडर्वेयरमा सिमेन्टको गरि ६० हजार लगायतका शिर्षकमा तीन लाख ३९ हजार ७७५ खर्च भएको घर निर्माण समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् । अझै पनि सिमेन्ट लगायतको २९ हजार ८२५ रूपैंया जयराम हाडर्वयरमा बुझाउन बाँकी रहेकोले सबैलाई सहयोग गर्न उनले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend