साझा नेटवर्क
सूर्य सुनार,गुल्मी साउन ९ ।
नेपाल महिला संघ जिल्ला कार्य समिति गुल्मीले आज एक कार्यक्रमका बीच प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । गीता कोइराला को मुद्धामा किटानी दोषी ठहरिएका पूर्व डि.आई.जी.रञ्जन कोइरालाको पक्षमा प्रधान न्यायधिस चोलेन्द्र शमशेर र तेज बहादुर के.सी.को इजलासले गरेको फैसलाले नेपालको संविधान, न्यायलय र न्यायको धज्जी उठाएको भन्दै प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
आज जिल्ला प्रशासन गुल्मीको अगाडि नेपाल महिला संघ जिन्दावाद, भ्रष्ट न्यायधिस मुद्धावाद, महिला हिसा अत्य गर, गीता कोइरालालाई न्याय देए लगाएतका नारा लगाएका थिए । देशको तीन अङ्गमध्ये कार्यपालिका र व्यावस्थापिका राजनितिक हुन् । यी बाट उपेक्षित नागरिकले आफनो अन्तिम आशा अदालत माथि राखेको हुन्छ् । तर अहिले भने अदालत नै पक्षपाती बन्न गएको कुरा सभापति लक्ष्मी पाण्डेको हस्तक्षेण ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रधान न्यायधिसको कार्यक्षमता कमजोर रहेको र नियत पनि गलत देखिएकाले तत्काल संसदबाट महाअभियोगको मुद्धाबाट कारबाही हुनुपर्नेमा महिला संघ जिल्ला कार्यसमितिले सरकार संग माग गरेको छ ।
विगतका निर्मला हत्या काण्ड लगाएतका अन्य महिला हिंसाका मुद्धाहरु ओझेलमा पर्ने र गलत फैसला आउने तर्फ आशंका बढाएकाले त्यसतर्फ सचेत गराउँदै पिडित स्व.गीता कोइरालाको न्यायको लागि जोडदार माग गरेको छ ।
ज्ञापन पत्र-

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend