logo
  • सोमबार, असोज १२ २०८३

तम्घासका एक घरबेटीले दिए एक महिनाको घर भाडा छुट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी साउन ८ ।

तम्घासका एक घरबेटीले एक महिनाको घर भाडा छुट दिइएका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ साहुटोल निवासी मनकामना सुनचाँदी पसलका ज्ञानेन्द्र सुनारले घरभाडा छुट दिइएका हुन् । एक महिना बराबरको भाडा रु २५,६०० रुपियाँ छुट दिइएका हुन् । उनले लकडाउनको समयमा काम गर्न नपाएका व्याक्तिहरुलाई केही भए पनि राहत हुने भएकाले भाडा छुट गरिदिइएको बताएका छन् । आफुले कुनै चर्चा कमाउन नभएर केही भए पनि काम गर्न नपाएर बसेका व्यतिहरुलाई सानो सहयोग होस् भन्ने उदेश्यले घरभाडा छुट गरिदिएको बताए ।

कोरोना भाइरस तथा कोभिड १९ का कारण काम गर्न नपाएका व्यतिmहरुका लागि भाडा छुट दिदाँ आफूहरुलाई ठूलो सहयोग भएको डेरावालाहरुले बताएका छन् । ज्ञानेन्द्र सुनारले सामाजिक काममा पनि आर्थिक तथा नैतिक रुपमा समाजमा सहयोग गदैँ आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend