साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी साउन ७ ।
नेपाली काङ्ग्रेस निकट विध्यार्थीहरूकाे संगठन नेपाल विध्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका इकाई सचिव गगन सिहं सिंजाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
बुधबार पुष्पलाल स्मृति दिवसकाे अवसर पारेर जिल्लाकाे इस्मा गाउँपालिकामा भएकाे कार्यक्रममा उनी नेकपा प्रवेश गरेका हुन् । नेकपा गुल्मी जिल्ला कार्यालय सदस्य हिरा एसी, नेता गणेश श्रीपाली लगायतका नेताहरूले सिंजालीलाई टीका र खादा सहित नेकपा प्रवेश गराएका हुन् ।
इस्मा गाउँपालिका ४ दाेहाेली हुल निवासी सिंजाली विगत लामाे समयदेखि नेविसंघमा रहि विध्यार्थीहरूकाे पक्षमा सक्रिय भुमिका निर्वाह गर्दै आएका थिए । तर नेविसंघ र काङ्ग्रेसमा रहेर समग्र विध्यार्थी आन्दोलन र समाजलाई केही याेगदान दिन नसकिने भएकाेले समाज रूपान्तरणको लागि नेकपा प्रवेश गरेकाे सिंजालीले बताए ।
कार्यक्रममा बाेल्दै नेता एसीले नेकपा निरन्तर राष्ट्र र राष्ट्रियताकाे पक्षमा उभिदै आएकाेले सबैलाई नेकपामा गाेलबन्द हुन आग्रह गरे । साेहि कार्यक्रमकाे अवसरमा नेपाली काङ्ग्रेस परित्याग गरि ५० भन्दा बढी नेता-कार्यक्रता नेकपामा प्रवेश गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend