logo
  • आइतबार, भाद्र २१ २०८३

समाज सेवा अभियान रुपन्देहीद्वारा पुर्व अध्यक्ष यादवलाई विदाई


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

राम प्रसाद पराजुली, दोहा ।
समाज सेवा अभियान रुपन्देही कतार द्वारा सस्थाका पुर्व अध्यक्ष तथा समाजको विभिन्न विशिष्ट पदमा रहेका राम केवल यादव लाई एक कार्यक्रम बीच बिदाई गरेको छ।

बिगत लामो समय देखी वैदेशिक रोजगारिको सिल सिलामा कतारमा रहेका यादव प्रवासको बसाइलाई बिट मार्दै आज स्वदेश फर्किएका छ्न। कतार बसाईको क्रममा उनी समाजको विभिन्न महत्वपूर्ण पदहरुमा रहेर सस्थापक उपाध्यक्ष,पुर्व अध्यक्ष,व्यबस्थापक समिति सदस्य जस्ता गरिमामय पदिय जिम्मेवारी निस्वार्थ रुपमा पूरा गरि समाज र संस्था प्रति कटिबद्ध रहदै आएका थिए।

बिदाइ गर्ने क्रममा सस्थाका संरक्षक अर्जुन प्रसाद भट्टराईले बोल्दै संस्थालाई यहाँले पु¥याउनु भएको योगदान सदा स्मरण गरिरहने छ र नेपाल भएपनि संस्थागत सम्बन्ध रहिरहने छ भन्दै मायाँको चिनो स्वरुप घडी दोसल्ला ओडाई सम्मान पत्रको साथ सम्मान गरेका थिए। त्यस्तै संस्थाका प्रमुख सल्लाहकार डिल्लीराम भट्टराई,कार्यसमिति सदस्य मुक्तिराम पोखरेल लगाएत संस्थाका बरिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

समाजका अध्यक्ष बिष्णु खड्काले बोल्दै पुर्व अध्यक्ष तथा बरिष्ठ ब्यक्तित्व राम केवल यादवले स्थापना काल देखि संस्थाको स्थायित्व र विकासका तथा अग्रणी भुमिका र अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै नेपाल बसाई सदैव सुखद,उन्नती प्रगती रहोस् भन्ने कामना गर्दै आगामी दिनमा पनि संस्था र समाजप्रतिको यहाँको उत्तरदायित्व, सुझाब सल्लाह प्रतिक्रिया निरन्तर रहिरहोस भन्ने अपेक्षा व्यक्त गरे।

२००९ मा प्रवासी भुमी कतारमा स्थापना गरिएको सामाजिक संस्था समाज सेवा अभियान रुपन्देहीले कतारमा रहेका नेपाली समाजको निम्तिहरुमा सुख दुःखमा सारथि बन्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend