logo
  • शनिबार, साउन ३० २०८३

गजल : रेसुङ्गामा झरेकीले


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

✍️ कृष्ण पन्थी [कृश] गुल्मी, तम्घास हाल : तिलोत्तमा २, रुपन्देही

साउने मेला रेसुङ्गामा झरेकीले यो दिल चोरी !
छोटो त्यो चुल्ठो माथी रिवन भरेकिले यो दिल चोरी!

भिडभाड त्यो मेलामा शुद्ध जलले स्नान गर्न !
हात समाइ महा पोखरी तरेकीले यो दिल चोरी !!

रमाइलो त्यो महोत्सवमा अवलोकन गर्दा गर्दै !
अनायासै म तिर नै सरेकीले यो दिल चोरी !!

शिद्धवावा मन्दिरका देवतालाइ साक्षी राखी !
सङ्गै बाच्ने बाचा गरेकीले यो दिल चोरि !!

साउने मेला रेसुङ्गामा झरेकीले यो दिल चोरी !
हात समाइ महा पोखरी तरेकीले यो दिल चोरी !!

                                          ✍️ कृष्ण पन्थी [कृश]
                                                  तम्घास-गुल्मी  
                                         हाल : तिलोत्तमा २, रुपन्देही

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend