साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन ३ ।
गुल्मीमै कोरोना परिक्षण हुने भएको छ । आज परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन लिएर गुल्मी आउनु भएको थियो । हेलिकप्टर मार्फत मेसिन लिएर जिल्ला आउनु भएका ज्ञवालीले आजनै रेसुङा नगरपालिकालाई मेसिन हस्तान्तरण गर्नुभयो । उहाँले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालललाई मेसिन प्रदान गर्नुभएको हो ।
मेसिन प्रदान गर्दै ज्ञवालीले कोरोना संक्रमणले सामाजिक जीवनमा अत्यन्तै ठूलो क्षति पुगेकाले अझै ढुक्क बन्ने स्थिती नभएको बताउनुभयो । उहाँले स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिड बिरुद्धको लडाइँमा राम्रो सफलता मिलेको बताउनुभयो । साथै सवैभन्दा खरावको स्थिती अझै बाँकी भएकाले त्यसको तयारीमा समेत तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिनुभयो ।

उहाँले बिज्ञबाट अझै पनि संक्रमणको धेरै खाले संकेतहरु आएकाले सरकारले देशमा विभिन्न स्थानमा ल्याव संचालन गरिरहेको बताउँदै अहिले आएको मेसिनको उपयोगिता पनि त्यत्तिकै रहेको भनाई राख्नुभयो । मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले पिसिआर मेसिन सहयोग गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले मन्त्री ज्ञवालीको पहलमा पिसिआर मेसिन प्रदान गरेको एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्टले जानकारी दिनुभयो ।

केहि समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब संचालन गर्न प्रयत्न गरिरहेका छन् । गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले ल्यावको दैनिक खर्च, जनशक्ति र व्यवस्थापनको हिसावले चुनौतिपूर्ण भएकाले सवै स्थानीय तहको सहयोगमा संचालन गर्न सकिने बताउनुभयो ।
उहाँले आज मेसिन आएर भोलीबाट परिक्षण हुने भ्रममा नपर्न सर्वैलाई आग्रह गर्दै अन्य धेरै व्यावस्थापन बाकी रहेको उल्लेख गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले ल्याव निर्माणको काम अघि बढि सकेको जानकारी दिनुभयो । उहाँले ल्यावको संरचना निर्माण गर्न भैरहवाबाट स्टिमेट गर्ने टोली मगाइएको, रेसुंगा नगरपालिका मार्फत प्रयोगशालाका अन्य उपकरण खरिद गर्न टेण्डर आव्हान भएकाले केहि समयमै ल्याब संचालन गरिने बताउनुभयो ।
उपल्लो तम्घासमा तत्कालिन महिला विकासको कार्यालयमा ल्याव ंसंचालन गर्ने निर्णय भएको शर्माले बताउनुभयो । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले भारतसंग सार्वभौम समनतासहितको सम्बन्ध चाहेको बताउनुभयो । उहाँले सिमनाको बिषयमा आफुहरुले असल छिमेकीका नाताले दुई÷दुई पटक कुटनैतिक पहल र आग्रह गरेपनी भारतले नटेरेको आरोप लगाउनुभयो ।
भारतले कुटनीतिक पहलको गम्भीरता नबुझेर उल्टै सडक बिस्तार गरेकाले राष्ट्रिय अखण्डताको बिषयमा सवै दलबिच अभुतपुर्व एकता गरेर नक्सा पारित गरेको ज्ञवालीको भनाई छ । अब पनि सवै दल र जनताको सहयोगमा कुटनीतिक पहल मार्फत नक्सामा कायम भएको भु–भाग फर्काउन प्रयत्न गर्ने ज्ञवालीले बताउनुभयो ।
गुल्मी आउनु भएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेकपा पार्टी कार्यालयमा नेकपा नेता कार्यकर्तालाई संबोधन गर्दै पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने बताउनुभयो । उहाँले नेकपा घरको धुरी खाँबो भएकाले भत्किए खाँबो मात्रै नभाचिने बताउनुभयो । ज्ञवालीले कोरोना क्षति र छिमेकको समस्या समाधानको पहलको सट्टा अहिलेले आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend