साझा नेटवर्क
अन्तराष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै इन्सेक प्रतिनिधी टोपलाल अर्याल ।
टोपलाल अर्याल, गुल्मी साउन २ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सहित जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । गुल्मीका प्रजिअ अधिकारी भरतकुमार शर्मा मार्फत पठाइएको ज्ञापनपत्रमा सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, देश र जनताप्रति जवाफदेहिता प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

अन्तराष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै इन्सेक प्रतिनिधी टोपलाल अर्याल ।
ज्ञापन पत्रमा इन्सेक प्रतिनिधि टोपलाल अर्यालको नेतृत्वमा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान संयोजक पदम पाण्डेय, दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्मा, नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जर्नादन घिमिरे, पत्रकार रमेश विश्वकर्मा, सन्तोष महतरा लगायतले प्रजिअ शर्मालाई लाई ज्ञापन पत्र बुझाएका थिए । दक्षिण एशियामा बंगलादेश, अफगानिस्तान र मालदिभ्स रोम विधानको पक्ष राष्ट्र भैसकेका छन् । तर नेपालले अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गरेको छैन् ।
रोम विधान अन्तरगत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानूनद्वारा परिभाषित युद्ध अपराध, आमन नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरुलाई जवाफदेही बनाउन यो बिधान अनुमादनको आवश्यक छ । पुर्नस्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश दिएको छ । भने सर्वसम्मत रूपमा संकल्प प्रस्ताव पारित भएको छ ।
साथै तत्कालीन परराष्ट्रमन्त्री माननीय उपेन्द्र यादवले २०६५ माघ २९ गते रोम विधान तत्काल अनुमोदन गर्नुपर्ने एजेण्डा तत्कालीन सरकारको क्याबिनेटमा प्रस्तुत गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रजिअ शर्माले ज्ञापन पत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्वता व्यक्त गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend