साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं साउन १ ।
लोकप्रिय गायक रामचन्द्र चन्द र गायिका शर्मिला गुरुङको आबाजमा “दिदिकै झलिको” बोलको नयाँ तिज गित सार्वजनिक गरिएको छ ।
गुल्मी जिल्लाबाट रोजगारका लागी हाल दक्षिण कोरिया पुगेका प्रकाश न्यौपानेको आफ्नै लय तथा शब्द सिर्जनामा “दिदिकै झलिको” बोलको तीजगीत बजारमा ल्याएका हुन । गीतमा प्रदेशी भाइ विदेशीनु परेकाले तीजमा दिदिलाई लिन जान नसकेको र आफु नभएपनी दिदिलाई माइती जान आग्रह गरेको भाव समेटिएको छ ।
आज्ञा क्रीएसनले बजारमा ल्याएको सोही गितको भिडियोलाई एलबिजिले निर्देशन गरेका हुन् भने दिपक गिरिले खिचेका हुन् । न्यौपानेको यस अघिपनि उनकै शव्द सिर्जनामा “निस्ठुरी परदेशी” बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतलाई धेरै दर्शक श्रोताले मन पराएका थिए ।
भिडियो-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend