logo
  • शुक्रबार, असोज ९ २०८३

चन्द्र शर्माको तिजगीत “बाटुलो ऐना” भिडियोमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असार ३१ ।
नेपाली महिलाहरुको महान पर्वको रुपमा मनाइने तिज पर्व आउन झण्डै एक महिना वढि समय रहदा बजार तिज बिशेष गीतहरु आउन थालेका छन् । तिज पर्व महिलाहरु पर्व हो महिलाहरुले नारी बेदनाले भरिएका गीतहरु गाउने पर्वको रुपमा पनि लिइन्छ । तर पछिल्ला केहिवर्ष यता तिज पर्वमा गाइने गीतहरु पनि नारी पुरुष मिलेर गाउने गरिएको पनि छ ।

लोकदोहोरी गायक चन्द्र शर्माको तीज गीत सार्बजनिक गरिएको छ । शर्माले अघिल्ला वर्षहरुका तिज पर्वमा जस्तै यसवर्ष पनि नयाँ तिज गीत ‘बाटुलो ऐना’ बोलको सार्बजनिक भएको हो । कलाकार रबिन लामिछानेको शब्द संगीत रहेको गीतमा शर्मा सँगै मञ्जु ज्योती गौडेल पाण्डेको आवाज रहेको छ ।

चर्चित निर्देशक शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा विसीसँगै अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई गायक स्वयम् शर्माकै अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend