logo
  • सोमबार, असोज १२ २०८३

सूर्य लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार २९।
सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तम्घास गुल्मी शाखाले मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको छ। कम्पनीले जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ छल्दी निवासी बिमीत शंखरे सार्कीको परिवारलाई ५ लाख ५४ हजार ६ सय ३१ रुपैयाँ हस्तातरण गरेको हो ।
बिमीत मृतक शंखरे शार्कीकी श्रमती कमला सार्कीलाई सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तम्घास गुल्मी शाखा प्रमुख अर्जुन पोखरेल, शिनियर एजेन्सी म्यानेजर अन्जु पन्थी, एजेन्सी म्यानेजर भगवती कंडेल खनाल लगायतले घरमै पुगेर रु ५ लाख ५४ हजार ६ सय ३१ रुपैयाँको चेक संयुक्त रुपमा हस्तान्तरण गरेको तम्घास कार्यालयका महेश पन्थीले बताए । बिमीत मृतक शंखरे सार्कीले ०७३ सालमा जीवन बिमा अन्तर्गत ५ लाख को बिमा गराई जम्मा ६ किस्ता वापत १ लाख ६३ हजार ८३ रुपैयाँ मात्रै भुक्तानी गरेका थिए।
बिमीत शंखरे सार्कीको गत माघमा कालगतीका कारण्ले आफ्नै घरमा मृत्यु भएको थियो। मृत्यु दावी वापतको रकम भुक्तानी कार्यलयमा शिनियर एजेन्सी म्यानेजर अन्जु पन्थी र तम्घास शाखा प्रमुख अर्जुन पोखरेलले मान्छेको मृत्यु कुनैपनि बेला हुनसक्ने भएकाले जीवन बिमा आबश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend