logo
  • सोमबार, असोज १२ २०८३

५ किलो गाँजासहित दुई जना पक्राउ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जनकपुर, असार २८ ।
महोत्तरीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको महोत्तरी गाउँपालिकाबाट ज ९ प २८७९ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका २ बुद्ध चोक बस्ने ३५ वर्षीय जीवन लामा र वडा नम्बर १४ स्थित कटुवाल टोल बस्ने २५ वर्षीय गणेश ठाकुरलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

महोत्तरी गाउँपालिका ३ डाम्ही मडैस्थित बर्दिबास-जलेश्वर सडक खण्डबाट इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

मोटरसाइकलको सिटमुनि सेतो बोराभित्र हरियो प्लास्टिकले बेरेको अवस्थामा ५ किलो गाँजा बरामद भएको उनले बताए। नियन्त्रणमा लिइएका दुवै जनालाई लागुऔषध मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता विष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend