साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु असार २८।
दशनामी ग्रुपहरुको सहयोगमा नेपाल दशनामी युथद्वारा बिरामी सम्झना बनलाइ आर्थिक सहयोग गरिएको छ । काठमाडौको कपनमा वस्दै आउनु भएको सम्झना बनको उपचार तथा पारिवारिक समस्या समाधान गर्ने उद्देश्यले केही समयको लागि दशनामी फन ग्रुप तथा दशनामी युनिटी अफ टेन कास्टको सहकार्यमा नेपाल दशनामी युथले सहयोग अभियान सन्चालन गरेको हो ।

आज उहाकै कपन स्थित कोठामै पुगेर सहयोग बिरामी सम्झना बनलाई साठी हजार दुईसय रुपैया हस्तान्तरण गरिएको दशनामी फन ग्रुपका एड्मिन दिपक पुरीले जानकारी दिनुभयो । एड्मिन पुरीले कोरोना तथा लकडाउनको विषम परिस्थितीको समयमा पनि सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि दाताहरुलाई हृदय देखिनै हार्दिक धन्यवाद दिदै दशनामीलाई अफ्ट्यारो पर्दा अर्को दशनामीको आँखा चिसिएको छ भन्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend