साझा नेटवर्क
अनिल खत्री,गुल्मी असार २७ ।
गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–१ हुँगा निवासी ३३ वर्षकी गिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।
शनिवार बिहान घाँस काटन गएकी महिला भिरबाट करिब १ सय ५० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्ट मार्टमको लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend