साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान असार २६ ।
“कृषि ,शिक्षा,पर्यटन र पुर्वाधारमा प्राथमिकता हाम्रो, सबै स्वस्थ र समृद्धि भए बन्छ गौमुखी राम्रो ।” भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिका प्युठानको आठाैँ गाउँ सभा समक्ष आगामी आ ब ०७७/०७८ को बजेट प्रस्तुत गरिएको छ ।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तुलसी सुनारले गाउँ सभामा बजेट प्रस्तुत गर्नु भएको थियो । आगामी बर्षको निति तथा कार्यक्रम कार्यान्वयन गर्न ४१ करोड ४० लाख ९१ हजार ५८० कुल बजेत मध्ये चालु तर्फ २३ करोड ६० लाख ३२ हजार २०० र पुँजीगत तर्फ १७ करोड ८० लाख ५९ हजार ३७९ बिनियोजित गरिएको छ । सो बजेटमा सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी ,कोरोना विशेष कार्यक्रम ,कृषि ,पशु,पर्यटन ,सिंचाइ ,झोलुङ्गे पुल,महिला ,बालबालिका ,दलित ,जनजाती ,जेष्ठ नागरिक ,अपांग ,भौतिक पुर्बधार लगायतका क्षेत्रमा बिनियोजन गरिएको छ। आगामी आ ब मा अनुमानित खर्च ब्याहोर्ने श्रोत मध्ये संघिय सरकार बाट अनुदान रु९ करोड ३० लाख संघिय बिभाज्य कोषबाट राजस्व बाद्फाद रु ८ करोड २१लाख ६३ हजार ,ससर्त अनुदान १७ करोड ८० लाख ,प्रदेश सरकार बाट बित्तीय अनुदान ८० लाख ,आन्तरिक राजस्व प्राप्त ३५ लाख र न्युन२ करोड ५० लाख हुनेछ ।
चालु बर्षको असार मसान्त सम्म खर्च भइ बाकी रहने अनुमानित मौज्दात रु २ करोड ५० लाख उपयोग गरिने छ। बजेटमा कृषकलाई कृषि तथा पशु क्षेत्रमा प्रोत्साहन गर्ने कोरोनाका कारण देश बिदेश बाट गाउँ फर्किएकाहरुलाई रोजगारीको सिर्जना गर्ने,खानेपानी तर्फ एक घर एक धारा ,नितिलाई अबलम्बन गर्ने,गरिबी निवारण ,उत्पादन तथा उत्पादकत्वमा वृद्धि ,सुशासन तथा संस्थागत बिकास ,कानुनी राज्य र दिगो बिकासको अबधारणामा जोड दिने रहेको छ ।
गाउँ सभालाई समापन गर्दै अध्यक्ष बिष्णु कुमार गिरीले कोरोनाका कारण बजेटमा देश बिदेश बाट आएका युवाहरूलाई रोजगार मुलक बनाउन कृषिमा जोड दिने ,जनताहरुलाई बढी विकासको काममा सहभागी गराउने,बिकासका योजनाहरु समयमा कार्यन्वयन गर्नु पर्नेमा सबैले ध्यान दिनु पर्ने,र बर्सातको समय भएकोले बिपद ब्यबथापनमा सबै प्रतिनिधि उद्दार कार्यमा उच्च मनोबलका साथ लाग्नु पर्ने बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend