logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा पहिरोले पुरिएर १ जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार २६ ।
गुल्मीमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदार पन्तले जानकारी दिए ।

शुक्रवार बिहान घर नजिकै खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथीबाट खसेको पहिरोमा पुरिएर घटना स्थमै मृत्यु भएको थियो । श्रीमान श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।

शवलाई स्थानीय र प्रहरी मिलेर पहिरोबाट निकालेका थिए । मृतक श्रीसको शवलाई पोष्ट मार्टमको लागि स्थानिय स्वास्थ्य चौकीमा लगिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend