logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी असार २५ ।

गुल्मीमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको कालिगण्डकी गाउँपालिकामा १ जना र मुसिकोट नगरपालिकामा २ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

थपिएका संक्रमित अनुसार जिल्लामा ३४४ जना पुगेका छन् । संक्रमित कुल २६५ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १ हजार ७ सय ६८ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३०३ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend