साझा नेटवर्क
रमेश गिरि,प्यूठान असार २३ ।
नगर उपप्रमुखद्धारा मरन्ठाना कृषि स्मार्ट कार्यक्रमकाे अवलोकन भएकाे छ । व्यवसायी कृषि गर्ने किसानले राज्यबाट प्राप्त भएकाे अनुदान पाए नपाएकाे बुझ्न प्युठान नगरपालिकाका उपप्रमुख शान्ता अाचार्य सहितकाे प्राविधिक टाेलीले प्युठान नगरपालिकाका वडा न . ९ र १० मा भएका सिंचाइ कुलाे, सुधारिएको भकाराे, प्लास्टिक घर, मलखाद, कृषि नर्सरी लगायतका क्षेत्रमा स्थलगत अवलोकन गर्नु भएकाे छ ।
मरन्ठानाकाे कृषि स्मार्ट कार्यक्रमले ५३ लाख २६ हजार २ सयकाे लागतमा कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त रकम मध्ये प्युठान नगरपालिकाकाे १० लाख ९२ हजार ८ सय ५४ रूपैया लगानी छ । स्थलगत अवलोकनका क्रममा ९ वटा सिंचाइ कुलाे , ४० वटा सुधारिएको भकाराे , ४० वटा प्लास्टिक घरमा उत्पादित तरकारी खेतीकाे निरिक्षण गरिएकाे थियाे । अवलोकनका क्रममा धेरै प्लास्टिक घरमा गाेलभेडा खेती राम्राे भएकाे र केही किसानकाे प्लास्टिक घरमा गाेलभेडा खेती राम्राे नभएकाे भेटिएकाे थियाे ।
अवलोकनकाे क्रममा किसानले तरकारी खेती राम्राेसँग भएता पनि बजारकाे व्यवस्था नभएकाेले यस विषयमा नगरपालिकाले अाबश्यक वातावरण मिलाउन अाग्रह गर्नु भएकाे थियाे । अनुगमन कार्यक्रममा प्युठान नगरपालिका वडा न. ९ र १० जनप्रतिनिधि , कर्मचारी , स्मार्ट कार्यक्रम प्रतिनिधिहरूकाे पनि सहभागीता थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend