logo
  • सोमबार, असोज १२ २०८३

रुकुम(पश्चिम)मा पहिरोले स्वास्थ्यचौकी भवन पुरियो, नगरपालिका उच्च जोखिममा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

3/dflysf] l9:sf]n] aufP/ elTsPsf] 3/ ag]kf, @& c;f/ -/f;;_ M sfe|]knf~rf]ssf] ag]kf gu/kflnsf–# r'gftfndf clj/n aiff{sf sf/0f z'qmaf/ ljxfg 3/dflysf] l9:sf] -klx/f]_ em/]/ elTsPsf] :yfgLoafl;Gbf /fdk|;fb b+ufnsf] 3/ . ;f] 3/ elTsFbf bO{ hgfsf] d[To' ePsf] 5 . t:jL/ M k]df nfdf

साझा नेटवर्क, रुकुम असार २३ ।
रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –१४ को स्वास्थ्यचौकी भवन पहिराले पुरेको छ । साक्चाखोलामा रहेको चारकोठे स्वास्थ्यचौकी भवन सोमबार राति खसेको पहिराले पुरेको हो । पहिराले पुर्दा स्वास्थ्यचौकी भवनमा पूर्ण रुपमा क्षति पुगेको छ । पहिरोका कारण भवनसहित स्वास्थ्यचौकीमा रहेका औषधिसहित अन्य सामग्रीमा क्षति पुगेको स्वास्थ्यचौकी इञ्चार्ज छवि खड्काले जानकारी दिए । केही औषधि र सामान भने निकालिएको उनको भनाइ छ ।

स्वास्थ्यचौकी भवन पहिराले पुरिएपछि स्थानीयवासीका घरमा कोठा भाडामा लिएर सेवा दिएको इञ्चार्ज खड्काले बताए ।स्थानीयवासी एक जनाले स्वास्थ्यचौकी भवनमाथि रहेको पाखो भिरालो जमीन डोजर लगाएर सम्याई पर्खाल लगाएपछि उक्त सबै भाग खसेर स्वास्थ्यचौकी भवन पुरिएको बताइएको छ । जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेकामा उक्त भवन पनि पहिराले पुरेपछि सेवा प्रवाहमा समस्या देखिएको छ ।

इञ्चार्ज खड्काका अनुसार भवन मर्मत गर्न सकिने अवस्था नरहेको र अब नयाँ भवन बनाउनाको विकल्प छैन् । यसैबीच अर्काे पहिराबाट एक घर पुरिएको तथा एक दर्जन घर जोखिममा रहेको वडाध्यक्ष अतिराम बिष्टले बताए । वडाको ठूलो बिरालगाउँकी सुधा खड्काको घर माथिबाट आएको पहिराले पुरेको र सानो बिरालगाउँमा रहेका १० घर उच्च जोखिममा रहेको उहनको भनाइ छ । त्यस्तै वडाका विभिन्न ठाउँमा लगाइएका मकै बालीमा समेत क्षति पुगेको छ ।

यसैबीच जिल्लाको आठबीसकोट नगरपालिकाको कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । वडा नं ९ को राडी बजार नजीकै रहेको नगरपालिकाको कार्यालयमाथि रहेको राडीपाखाबाट खसिरहेको पहिराको उच्च जोखिममा परेको हो । पहिराका कारण नगरपालिकाको कार्यालय रहेका भवन पुरिने जोखिम बढ्दै गएको छ ।लगातारको वर्षाका कारण निरन्तर पहिरो खसिरहेको छ । यसबाट नगरपालिकाका कार्यालय उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

पहिरो नगरपालिकाभन्दा माथि रहेको सडकमा खसेको छ भने केही ढुङ्गा कार्यालयमा पुगेका छन् । पहिरो खसिरहेकाले कतिबेला नगरपालिका कार्यालय पुरिन्छ भन्ने चिन्तामा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि रहेका छन् । जोखिमका बीचमा पनि नगरपालिकाले सेवा भने प्रवाह गरिरहेको छ ।

नगरपालिकाको कार्यालय गिजागाड खोलाको जोखिममा समेत छ । गत वर्ष खोलामा आएको बाढी नगरपालिकामा पस्दा क्षति भएको थियो भने खोलाको कटानका कारण नगरपालिका कार्यालय जोखिममा रहेको छ ।

यसैबीच राडी बजारमा ल्याइएको खानेपानी अवरुद्ध भएको छ । नगरपालिका कार्यालयलाई जोखिममा पारेको पहिराले पाइपमा क्षति गरेपछि राडी बजारमा खानेपानीको आपूर्ति बन्द भएको हो । यसबाट राडी बजारवासी खानेपानीको समस्यामा परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend