साझा नेटवर्क
Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China
साझा नेटवर्क,प्यूठान असार २३ ।
प्यूठान जिल्लामा कोरोना संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । प्यूठानमा सोमवार मात्र एकैपटक ३७ जनाले कोरोना संक्रमण जितेको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।
सोमवार कोरोना जितेर फर्किएका मध्ये प्यूठान नगरपालिकाका २८ जना, माण्डवी गाउँपालिकाका ८ जना र ऐरावति गाउँपालिकाका १ जना रहेको कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए । प्यूठानमा हालसम्म जम्मा ३२७ कोरोना संक्रमित मध्ये १२० जना निको भएर घर फर्कीसकेका छन् । बाँकी संक्रमितलाई स्थानीय तहले बनाएको आईसोलेसनमा राखिएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । २३८ जनाको पीसीआर रिपोर्ट आउन अझै बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आउनेको संख्या जिल्लामा १ हजार ५६३ जना छन् । त्यस्तै, आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आउनेको संख्या ९ हजार ९३४ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend