logo
  • सोमबार, असोज १२ २०८३

संजालमा अनावश्यक लेख्ने बस्यालविरुद्ध साइबर क्राइमको मुद्धा दर्ता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार २३ ।
के तपाई सामाजिक संजाल फेसबुकमा बिनाप्रमाण केहि लेख्दै हुनुहुन्छ ? यदि लेख्दै हुनुहुन्छ भने याद राख्नुहोस्, तपाइबिरुद्ध प्रहरी कार्यालयमा साइबर क्राइमअन्तरगतको मुद्धा दर्ता हुन सक्छ ।
गुल्मीमा पनि मंगलबार एउटा यस्तै मुद्धा दर्ता भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ४ का वडाध्यक्षलाई लाखौँ रकम हिनाबिना गर्ने उदेश्यका साथ स्थानीय एक कम्पनीलाई विकास निर्माणको जिम्मा दिएको कुरा फेसबुकमा स्टाटस लेखेकोले उनीविरुद्ध साइबर क्राइमअन्तरगतको मुद्धा दर्ता गरिएको छ।सोहि वडाका नागरिक एवम् युवा संघ रेसुङ्गा नगर कमिटीका अध्यक्ष रेमलाल बस्यालले वडाध्यक्ष विजय कुमार मरासिनीलाई आर्थिक हिनाबिना गर्ने उदेश्यका साथ स्थानीय एक कम्पनीलाई कामको जिम्मा दिएको फेसबुकमा लेखेका थिए।

वडा नम्बर ४ अर्खलेमा अहिले पुर्न निर्माण प्राधिकरणबाट बुद्ध माध्यमिक विद्यालयमा परेको चारकोठे भवन निर्माणको लागि ६९ लाख विनियोजन भएको छ । सोहि रकम हिनाबिना गर्नको लागि वडाध्यक्ष मरासिनीले गाउँका भलादमीहरुको रोहवरमा डि.एन्.डी. विल्र्डस प्रा.लि. निर्माण कम्पनीका संचालक निर्माण ब्यवसायी धनिश्वर गौतमलाई कामको जिम्मा दिएको फेसबुकमा लेखेका थिए ।

उनको त्यस अभिव्यक्तिविरुद्ध निर्माण कम्पनीका संचालक गौतमले मंगलवार जिल्ला प्रहरी कार्यालय, गुल्मीमार्फत साईवर क्राईमको उजुरी दर्ता गरेका छन् । ब्यवसायी गौतमले ब्यक्तिगत कुराहरुले गर्दा बस्यालले आफ्नो काम र कम्पनीको मानहानी गर्दै सामाजिक सञ्जालमा आरोप लगाएकोले उनी विरुद्ध साईवर क्राईमअन्तरगत उजुरी दर्ता गरेको बताए। वडाध्यक्ष मरासनीले बस्यालले आरोप लगाए जस्तो आफुले कसैलाई त्यस विद्यालय भवनको निर्माणको जिम्मा नदिएको बताए ।

आफुलाई त्यस्तो आरोप लगाउने बस्याल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संघ रेसुङ्गा नगर कमिटीको अध्यक्ष भएकोले उनी विरुद्ध आफुले सोही पार्टीमा उजुरी दिन लागेको बताए । जिल्ला प्रहरी प्रमुख एस.पी. राजेन्द्रसिंह खड्काले उक्त उजुरीमाथि आफुहरुले कारवाही गर्न नमिल्ने भएकोले सम्बन्धित निकायमा मुद्धा पठाइएको बताए। फेसबुकमा लख्ने बस्यालले भने आफुको फेसबुक आइडी  ह्याक गरेर अरुले लेखेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend