logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण अनुगमन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार, गुल्मी असार २३।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन स्काई गुल्मीले गयो अनुमन काम राम्रो भएको जिल्ला समन्वय प्रमुखको भनाइ
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन स्काई गुल्मीले सोमबार गुल्मी जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरेको छ।
जिल्लाको इस्मा गाउँपालिकाको सिँचाई योजनाको अनुगमन गरिएको हो । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली,कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धीराज घिमिरे , प्रधानमन्त्री कृषि परियोजना कार्यन्वयन स्काइ गुल्मीका प्रमुख नारायण प्रसाद काफ्ले लगाएत पत्रकारको पनि उपस्थित रहेको थियो । अनुगमनमा काम विधि पुरा भएको प्रति जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले काम राम्रो संग भएकाले धन्वाद व्यक्त गनुभयो ।

राज्यको अनुदान ५० प्रतिशतले यस्ता काम गर्दा केही समस्या भएको बताउनुभयो । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन स्काइ मकै जोन कार्यक्रम पनि इस्मा र पुर्कोटदह मा अनुगमन गरिएको हो । मकै जोनबाट वितरण गरिएकोे अरुण २ जातको मकै राम्रो भएको दिपज्योती बहुउदेश्यीय कार्यक्रमका सदस्य तथा कृषक कृष्ण घिमिरेले बताउनुभयो । दिपज्योती बहुउदेश्यीय कृषक समूह इस्मा गाउँपालिका ६ चौरासीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन स्काई गुल्मीको २,५८,७५० आर्थिक सहयोगमा सोलार बबल ड्रायर प्रदर्शन कार्यक्रमको पनि अनुगमन गरिएको हो ।
यो उपकरण जिल्ला मै पहिलो पटक भित्रिएको र कृषकको लागि बहुउपयोगी भएको र विउ सुकाउनमा मदत गर्ने कृषि प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यन्वयन स्काई गुल्मीका प्रमुख नारायण काफ्ले बताउनुभयो । त्यस्तै मालिका गाउँपालिकाको मर्भुङ्गमा पोष्ट हार्भेष्ट सेन्टर तथा वीउ प्रशोधन भण्डनरण गृह निर्माणको पनि अनुगमन गरिएको हो ।

उक्त परियोजना गाउँपालिकाको ५० प्रतिशत अनुदान र प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यन्वयन स्काई गुल्मीको ५० प्रतिशत अनुदानमा पोष्ट हार्भेष्ट सेन्टर तथा वीउ प्रशोधन भण्डारण गृहको निर्माण गरिएको हो । अनुगमनमा सम्पूर्ण कामहरु राम्रो संग भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend