logo
  • आइतबार, भाद्र २१ २०८३

कुवेतले आप्रवासी श्रमिकको सङ्ख्या घटाउँदै


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

काठमाण्डाै, असार २२।
कुवेतले आप्रवासी श्रमिकको सङ्ख्या घटाउने नीति लिने भएको छ । बसोबासको नियम परिवर्तन गर्दै कुवेतले अबको केही महिनामा अदक्ष आप्रवासी श्रमिकको सङ्ख्या घटाउने कुवेत टाइम्सले उल्लेख गरेको छ ।

कुवेतमा अहिले रहेका प्रवासी श्रमिकमध्ये धेरैजसो अदक्ष र थोरै मात्र पढ्न लेख्न जान्ने भएको र आफ्नो प्राथमिकता अदक्षभन्दा पनि दक्ष आप्रवासी श्रमिक भएको कुवेतले बताएको छ ।

कुवेतले नयाँ बनाउन लागेको कानुनले दक्ष आप्रवासी श्रमिकको भर्तीलाई प्राथमिकता दिनेछ भने कम्पनीले वार्षिक रुपमा भर्ती गर्ने आप्रवासी श्रमिकको सङ्ख्यामा पनि केही बन्देज लगाउने छ । एक महिनाअघि कुवेतका प्रधानमन्त्रीले आप्रवासीको सङ्ख्या ७० प्रतिशतबाट ३० प्रतिशतमा झार्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend