साझा नेटवर्क
सूर्य सुनार,गुल्मी असार २१ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आइतबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा १५ जना जेष्ठ नागरिकहरु लाई घर मै गएर सम्मान गरिएको हो ।
सम्मान हुनेहरु लाई सम्मान पत्र, मायाको चिनो,फूलमालाले उनीहरु लाई सम्मान गरिएको हो । कोरोना भाइरसले गर्दा समय मै सम्मान कार्यक्रम गर्न नपाए पनि सामाजिक दुरी कायम गरेर आज उक्त कार्यक्रम गर्दा खुशी लागेको कार्यपालिका सदस्य शान्ती वि.क.सुनारले बताउनुभयो । कार्यक्रममा बोल्दै आज गुरु पुर्णिामा को पावन अवसर पारेर आफू भन्दा अर्गज लाई तथा आमा बुवालाई सम्मान गर्दा आफूलाई खुशी महसुस भएको वडाध्यक्ष थमन बहादुर के.सी.ले बताउनुभयो ।
हामीले प्रत्येक वर्षा जेष्ठ नागरिक सम्मान गदै आएका थियौ यस वर्ष कोरोना भाइरसले गर्दा केही ढिलो वडाध्यक्षले के.सीले बताउनुभयो । कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य,वडाध्यक्ष,वडा सचिब,कर्मचारी र पत्रकारको उपस्थित रहेको थियो । वडाध्यक्ष थमन केसी को सभाध्यक्ष रहेको कार्यक्रमको संचालन वडा सचिव धनश्याम खनालले गनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend