logo
  • सोमबार, असोज १२ २०८३

अवैध रुपमा खाडी मुलुक लैजान लागेका ६ महिलाको भारतको दिल्लीबाट उद्धार


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

देवेन्द्र केसी, दिल्ली असार २१।
मानव तस्कर एउटा ठूलो अपराध हो यसलाइ पुर्णरुपले रोकौं । नेपाली देशभक्त आवाज भारत प्रवासमा र स्वदेशमा निस्वार्थ भावानाले देश समाज र जनताहरुका हक हितका लागि काम गर्दै आएको छ । सामान्य स्वयंसेवक देखि लिएर बिगत केही वर्षदेखि चेलीबेटी बेचबिखन विरुद्धमा सकृय भएर आवाज उठाइरहेको छ ।

प्रवासमा बेचिएका चेलिबेटीहरुको उद्दार गर्ने, दु:ख पिडामा परेका नेपालीहरुको सहयोगमा जुट्ने, खेल र खेलाडिहरुको सम्मान गर्दै उनिहरुलाइ अघि बढ्न सहयोग पुर्याउने नेपाली कला संस्कृतिको जगेर्ना गर्दै विश्वसामु नेपाललाई चिनाउने कार्यक्रमहरु गर्ने, लागुपदार्थ नशा मुक्ती अभियानमा जनचेतना संदेश दिने, देश बचाउने र सिमा मिच्ने बिरुद्ध आवाज उठाउने र कार्वाही गर्ने अन्याय अत्याचार र भ्रष्टाचार बिरुद्ध चर्को आवाज बोल्ने एकमात्र नेपाली देशभक्त आवाजले यसपटक भारतको राजधानी दिल्लीबाट बेचिन लागेका ६ जना महिलाहरुको उद्दार गरेको छ ।

यसभन्दा पहिलेपनी २९ जनाको उद्दार गरिसकेको संस्थाका ससंथापक बाबु रोका मगरले बताएका छन । विश्व कोरोनाबाट त्रशित भइरहेको बेला केही मानवरुपी जन्तुहरुले नेपालबाट बिदेश इराक, कुवेत अनि साउदी जस्ता गल्फ देशहरुमा राम्रो काम लगाइदिने भन्दै लालच दिदै नेपाली दलालहरुले मोरङ र पर्वतका सिधासादा अनपढ ६ जना नेपाली चेलिहरुलाइ नेपालका विभिन्न जिल्लाबाट पासआउट गर्दै नेपालगन्ज सिमा नाकाबाट भारतको राजधानी दिल्ली स्थित बुराडीको एउटा घरमा बिगत ४ महिना देखि बन्धक बनाइ राखेका थिए ।

उनीहरुलाई पेटभरि खान र बिरामी हुँदा औषधि समेत नदिइ बन्धक बनाइ राखेको सुचना सुभयात्रा ट्राभल्सबाट जानकारी नेपाली देशभक्त आवाजलाइ आइसकेपछी संस्थाका उद्दारकर्मिहरुको टिम तुरुन्तै उहाँहरुको उद्दारको लागि ३० जुनको दिन राती १० बजे उक्त स्थानमा पुगी सकुशल उद्दार गरि ३ जुलाईका दिन नेपाल स्थित कपिलवस्तुको कृष्णनगरमा रहेको शान्ति पुनर्स्थापना गृहका इन्चार्ज भुमिराज भट्टराईसंग समन्वय गरि कपिलवस्तुमा नेपाल प्रहरी इन्स्पेक्टर प्रताप पौडेल र PRC कि प्रतिनिधि निशा पन्थी, पत्रकार मिडियाकर्मीहरुको माझ PRC लाई हास्तान्तरण गरेका छन ।

यस्ता घटनाहरु दिल्लीमा धेरै हुँदै आएको छ, दलालहरुले गरिबी र अशिक्षाको फाइदा उठाइरहेका छन । सचेत रहनको लागी प्रवासमा नेपाली देशभक्त आवाजले बारम्बार जानकारी पनि गराउदै आएपनि मानव तस्करीमा रोकावट आएन यस्मा सिमा सुरक्षा र NGO हरुको निगरानीमा कमि देखियो । यसमा समयमै सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण रहनु जरुरि छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend