साझा नेटवर्क
सिर्जना आचार्य,कपिलवस्तु असार २१ ।
बाणगंगा नगरपालीका वडा नं. ५ ले बाल बिकास केन्द्रलाई खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ । वडा भित्रका टोल स्तरीय युवा क्लव,वडा स्तरीय युवा क्लव,विधालयहरु,ईलाका प्रहरी कोपवा लगायत ५ वटै बाल बिकास केन्द्रलाई फुटबल,क्रिकेट,टेवल टेनिस सेट , भलिबल सेट लगायत बाल बिकास सामाग्रीहरु वितरण गरेको हो ।
वडा अध्यक्ष भिष्मराज भुषालको अध्यक्ष्ँतामा भएको कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै नगर प्रमुख मगंल प्रसाद थारुले युवालाई खेलकुद प्रति आर्कषित गर्न स्थानिय सरकारले सदैव सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा ई.प्रका कोपवाका प्रमुख शिव बहादुर रायमाझि ,विधालयका प्रमुख ,बालविकास केन्द्रका प्रमुख ,टोल विकास संस्थाका प्रमुख ,युवा क्लव लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend