साझा नेटवर्क
गुल्मी, असार २० ।
छल्दि युवा क्लवकाे वार्षिक कार्ययाेजना अन्तर्गत असार २० गते सनिवारका दिन धुर्काेट गाउपालिका वडा न ०५ वस्तुमा वृक्षराेपण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा छल्दि युवा क्लवका अध्यक्ष सुवास पाण्डेकाे अध्यक्षता धुर्काेट गाउपालिकाका अध्यक्ष भुपाल पाेख्रेलकाे प्रमुख आतिथ्यता धुर्काेट गाउपालिका उपाध्यक्ष शिव केसिको विषेश आतिथ्यता रहेको थियो ।

नेपाल बार एसाेसिएसनका केन्द्रीय पार्सद बाेमलाल भण्डारिकाे आतिथ्यता रहेकाे कारयक्रमा क्लवका सदस्य शाेभाखर भण्डारिकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सञ्चालन क्लवका काेषाध्यक्ष सुरज पाण्डेले गर्नुभएकाे थियाे ।
साथै वृक्षराेपण कार्यक्रमकाे शुभारम्भ धुर्काेट गाउपालिकाका अध्यक्ष र उपाध्यक्षले धुर्काेट गाउपालिका वडा न ५ कालिकास्थानमा रहेकाे पार्कमा लप्सि र तेजपत्ता लगाई कार्यक्रमकाे शुभारम्भ भएकाे थियाे । त्यस पश्चात क्लवका पदाधिकारिहरु र समाजसेविहरुले वडाकाे विभिन्न स्थलहरुमा वृक्षारोपण गरेका थिए ।
जसमा वडा कार्यालय, स्वास्थ्य चाैकि तथा धार्मिक स्थलहरुमा सामाजिक दुरि कायम गरि वृक्षराेपण कार्यक्रम सम्पन्न गरिएको छ । क्लबले विभिन्न जातका करिब २०० विरुवा रोपण गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend